Logo ६ पुस २०८२, आइतबार | Mon Dec 22 2025


साताको पहिलो दिन १० अंकले बढ्दै शेयर बजार सकारात्मक


0
Shares

काठमाडौं, असोज १६ । आइतबार शेयर बजार परिसूचक नेप्सेमा सुधार आयो । यसदिन नेप्से १० अंकले बढेर १७६३ विन्दुमा पुग्यो ।

वाणिज्य बैंक, बीमा, वित्त र अन्य समूह बढेसँगै नेप्सेमा बृद्धि आएको हो । होटल, विकास बैंक र जलविद्युत समूहमा भने गिरावट आयो ।

बीमा समूह सबैभन्दा उच्च २३७ अंकले बढ्यो भने वाणिज्य बैंक समूहमा पनि ५ अंकको सुधार आयो ।

यसदिन १३५ कम्पनीको १० लाख कित्ता शेयर ८८ करोड ७० लाख रुपैयाँ बराबरमा खरिद बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।