Logo ६ पुस २०८२, आइतबार | Mon Dec 22 2025


दशैंको मुखमा सुनको मूल्यमा सामान्य कमी


0
Shares

काठमाडौं, असोज १६ । आइतबार सुनको मूल्यमा सामान्य कमी आएको छ ।

अन्तर्राष्ट्रिय बजार पछ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा २ सयले कमी आएर ५८ हजार १ सयमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबारदेखि शुक्रबार सम्म ५८ हजार ३ सय रुपैयाँ प्रतितोलामा सुनको मूल्य स्थिर रहेको थियो ।

चाँदीको मूल्य भने यसदिन पनि ८ सय ६५ मै स्थिर रह्यो । अन्तर्राष्ट्रिय बजारमा आइतबार साँझसम्म सुन प्रतिऔंस १३१७ डलर हाराहारीमा कारोबार भइरहेको थियो ।

दशैंको मुखमा सुनको मूल्यमा सामान्य कमी आएपछि उपभोक्तालाई थोरै भए पनि राहत मिलेको छ ।