काठमाडौं, असोज १६ । जगदम्बा ट्राभल्सले २८ सिट क्षमताको काठमाडौं–पोखरा रुटमा सुविधायुक्त बस सञ्चालनमा ल्याएको छ ।
आइतबारदेखि बस संचालनमा ल्याएको कम्पनीले जनाएको छ । बसमा आरामदायी सिट, खानका लागि टेबुल, वाइफाई, टिभी, ट्वाइलेट, कफी, फ्रिज लगायतको सुविधा रहेको सञ्चालकले जनाएका छन् ।
बसका सञ्चालक सरोज सिटौलाले नेपालको यातायात क्षेत्रमा निजी क्षेत्रले ३ खर्बभन्दा बढीको लगानी गरेको बताए ।
काठमाडौं–पोखरा अति विशिष्ट सुविधाको बस सञ्चालनले आन्तरिक एवं बाह्य पर्यटकलाई सुविधा हुने उनको भनाइ छ ।
बसको एकतर्फी भाडा नेपालीका लागि १५ सय र विदेशीका लागि २ हजार रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्