Logo ६ पुस २०८२, आइतबार | Mon Dec 22 2025


नयाँ नोटका लागि राष्ट्र बैंकमा भीड


0
Shares

काठमाडौं, असोज १६ । नेपाल राष्ट्र बैंकले सर्वसाधारणका लागि आइतबारदेखि नयाँ नोट वितरण सुरु गरेको छ ।

नयाँ नोट साट्नका लागि आइतबार दिनभर राष्ट्र बैंकको थापाथलीस्थित कार्यालयमा सर्वसाधारणको घुइँचो लाग्यो ।

यस पटक केन्द्रीय बैंकले प्रत्येक ब्यक्तिलाई ३७ हजारको दरले नयाँ नोट दिएको छ भने नोट साट्न थापाथलीमा ९ वटा काउन्टरको ब्यवस्था गरेको छ ।

बैंकले जेष्ठ नागरिक, शारीरिक रुपमा अपांगता भएका ब्यक्तिहरुका लागि छुट्टै काउन्टरको व्यवस्था गरेको छ ।

कुपनको ब्यवस्था गरी नयाँ नोट दिने ब्यवस्था गरिएको बैंकले जनाएको छ । बैंकले २१ गतेसम्म नयाँ नोट साट्न सकिने पनि जानकारी दिएको छ ।