२४ श्रावण २०८२, शनिबार | Sat Aug 9 2025


ललितपुरमा जनक शिक्षाको ट्रकले भ्यान किच्यो, दुईजनाको मृत्यु (७ तस्वीर)


0
Shares

ललितपुर, चैत २२ । ललितपुरको सानेपानजिकै ट्रक र भ्यान आपसमा ठक्कर खाँदा दुईजनाको मृत्यु भएको छ । एकजना घाइते छन् ।

मृत्यु हुनेमा भ्यानचालकसहित दुईजना छन् ।

जनक शिक्षा सामग्री केन्द्र लिमिटेड भक्तपुरको ना१घ ५३३ नम्बरको ट्रक र बा७च २१३१ नम्बरको भ्यान ठोक्किँदा दुर्घटना भएको हो ।

शुक्रबार बिहान करिब साढे ११ बजे एकान्तकुनाबाट बल्खुतर्फ जाँदै गरेको सो ट्रक र विपरीत दिशातर्फ आउँदै गरेको भ्यान आपसमा ठोक्किएका थिए ।

मृत्यु हुनेमा दोलखा, ठूलोपाखरका भ्यानचालक ४० वर्षका इन्द्रबहादुर सुनार र धनुषाकी ४० वर्षीया डोल्मा शेर्पा छन् ।

दुर्घटनामा परी गम्भीर घाइते भएका उनीहरुको उपचारकाक्रममा जावलाखेलस्थित अल्का अस्पतालमा मृत्यु भएको महानगरीय प्रहरी प्रभाग सानेपाले जनाएको छ ।

दुर्घटनामा घाइते भएकी धनुषा घर भइ ललितपुरको बुंगमती बस्दै आएकी स्मृति मगरको नेपाल मेडिसिटी अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।