२१ श्रावण २०८२, बुधबार | Wed Aug 6 2025


जेलबाट फरार कैदी एक महिनापछि समातिए


0
Shares

धनकुटा, असोज १७ । जिल्ला कारागार धनकुटाबाट फरार भएका एकजना कैदी एक महिनापछि पक्राउ परेका छन् ।

१६ वर्ष कैद सजाय भइ कारागारमा रहँदै आएका संखुवासभाको चैनपुर नगरपालिका–९ का मिलन खड्गा गत भदौ ५ गते फरार भएका थिए ।

प्रहरीको साथमा तरकारी किन्न बजार गएकोबेला उनी धनकुटाको मदनचोकबाट फरार भएका थिए ।

प्रहरीले खड्गालाई सोमबार संखुवासभाको मादिमुलखर्कबाट पक्राउ गरेको हो ।