१४ श्रावण २०८२, बुधबार | Wed Jul 30 2025


‘आवासका लागि विशेष नीति बनाउनुपर्छ’


0
Shares

काठमाडौं, असोज १७ । आज विश्व बसोबास दिवस । ‘विकासको केन्द्रमा आवास’ भन्ने सन्देशका साथ नेपालमा पनि यो दिवस मनाइएको छ ।

सहरी विकास तथा भवन निर्माण विभागले राजधानीमा गरेको कार्यक्रममा सरोकारवालाहरुले दक्षिण एसियामा सहरीकरण बढ्दै गएको भन्दै व्यवस्थित सहरीकरणका लागि जोड दिए ।

उनीहरुले सुरक्षित आवास आजको आवश्यकता भएको भन्दै सरकारले आवासका लागि विशेष नीति बनाउनुपर्नेमा जोड दिए ।

सहरी विकास मन्त्रालयका सहसचिव शिवहरि शर्माले अव्यवस्थित सहरीकरणका कारण विभिन्न समस्या थपिँदै गएको भन्दै नेपालमा बढ्दो अव्यवस्थित सहरीकरणलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिए ।

राष्ट्रिय योजना आयोगका सदस्य डा. सुनिल श्रेष्ठले जनताको चाहनाअनुसारको आवास योजना आउन नसकेको भन्दै आवास नीति परिमार्जन गर्नुपर्नेमा जोड दिए ।

अहिले ज्येष्ठ र लैंगिकमैत्री आवास नीतिको आवश्यकता भएको श्रेष्ठको भनाइ थियो ।

सरकारले यो वर्ष २० हजार आवास निर्माणको लक्ष्य लिएको छ ।