१४ श्रावण २०८२, बुधबार | Wed Jul 30 2025


नेपाललाई थाइल्यान्डबाट बुद्धको दुई अस्थिधातु प्राप्त


0
Shares

काठमाडौं, असोज १७ । नेपाललाई भगवान बुद्धको दुईओटा पवित्र अस्थिधातु थाइल्यान्ड सरकारबाट प्राप्त भएको छ ।

थाइल्यान्डका धार्मिक गुरु संघराजबाट चारुमति विहारका प्रमुख भिक्षु तपस्सी धम्म र लुम्बिनी विकास कोषका सदस्यसचिव अजितमान तामाङलाई सो अस्थिधातु प्राप्त भएको हो ।

भिक्षु तपस्सी धम्मलाई प्राप्तअस्थि धातुलाई काठमाडौं, चाबहिलमा रहेको २३ सय वर्ष पुरानो चारुमति चैत्य परिसर रहेको विहारमा कात्तिक ७ गते विधिवतरुपमा प्रतिस्थापन गर्ने जनाइएको छ ।

भिक्षु तपस्सी धम्म र लुम्बिनी विकास कोषका सदस्यसचिव अजितमान तामाङ ‘वर्ल्ड फिलोसिप अफ बुद्धिस्ट युथ’ संस्थामा उपसभापति पदमा निर्वाचितसमेत भएका छन् ।

सेप्टेम्बर २८ मा थाइल्यान्डमा भएको सो बुद्धिस्ट युथको १९औं अन्तर्राष्ट्रिय सम्मेलनमा तपस्सी धम्म र तामाङ उपसभापति पदमा निर्वाचित भएका हुन् ।

सो संस्थाको नेपालस्थित क्षेत्रीय कार्यालय चारुमति विहारमै रहनेसमेत निर्णय सम्मेलन गरेको छ ।