१७ बैशाख २०८२, बुधबार | Thu May 1 2025


न्यूजिल्यान्डविरुद्धको टेस्ट शृंखला भारतले जित्यो, वरीयताको शीर्ष स्थानमा उक्लियो


0
Shares

काठमाडौं, असोज १७ । न्यूजिल्यान्डविरुद्धको दोस्रो टेस्ट क्रिकेटमा १७८ रनको जित हासिल गर्दै भारत पुनः टेस्ट क्रिकेट वरीयताको शीर्ष स्थानमा पुगेको छ ।

कोलकातामा भएको खेलमा ३७६ रनको चुनौती पछ्याएको न्यूजिल्यान्ड सोमबार १९७ रनमा समेटिएपछि भारतले सहज विजय हासिल गरेको हो ।

भारतले पहिलो इनिङसमा ३१६ रन बनाउँदा न्यूजिल्यान्डलाई २०४ रनमा रोकेको थियो । त्यस्तै, दोस्रो इनिङमा भारतले २६३ रन बनाएको थियो ।

भारतका लागि पहिलो इनिङमा ५ विकेट लिएका भुवनेश्वर कुमारले दोस्रो इनिङमा १ विकेट लिए । त्यस्तै, मोहम्मद सामीले दुवै इनिङमा समान ३–३ विकेट लिए ।

पहिलो इनिङमा अविजित ५४ तथा दोस्रो इनिङमा अविजित ५८ रन बनाएका भारतका रिद्धिमन शाह ‘म्यान अफ द म्याच’ भए ।

जितसँगै भारतले तीन खेलको शृंखलामा २–० को अग्रता बनाउँदै श्रृंखलामाथि कब्जा जमाएको छ । पहिलो खेल भारतले १९७ रनले जितेको थियो ।

तेस्रो टेस्ट शनिबारदेखि इन्दोरमा हुनेछ ।