
मस्को, असोज १७ । रसियाली विदेशमन्त्री सर्गेइ लाभ्रोभले आफ्नो अमेरिकी समकक्षी जोन केरीसमक्ष कडा आक्रोश व्यक्त गरेका छन् ।
‘रुसमा पनि अतिवादीहरुबाट आतंककारी आक्रमण हुनसक्ने सम्भावना’ रहेको भन्ने केही दिनअघिको वासिंटनको भनाइप्रति लाभ्रोभले केरीमाथि आक्रोश पोखेका हुन् ।
गत बुधबार अमेरिकी गृह मन्त्रालयका प्रवक्ता जोन कर्बाइले आफ्नो सम्बोधनकोक्रममा ‘यदि सिरियामा यसरी नै गृहयुद्धले निरन्तरता पाउने हो भने अतिवादीहरुबाट रुससमर्थित राष्ट्र वा रुसकै सहरमा पनि आक्रमणको खतरा रहने बताएका थिए ।
‘रसियाली सहरमा आतंककारी आक्रमण हुनसक्छ भन्नु कुटनीतिक धर्मविपरीतमात्र नभइ यस्तो अभिव्यक्ति वासिंटनको आगो सल्काइदिने नीति हो कि भन्ने पनि प्रश्न उब्जन्छ’ भनी रिया नोभोस्ति समाचार समितिलाई उपविदेशमन्त्री सर्गे र्याब्कोभले बताएका छन् ।
रसियाली विदेशमन्त्री लाभ्रोभ र अमेरिकी विदेशमन्त्री केरीबीच यही विषयमा गतः विहीबार टेलिफोनमा करिब डेढघन्टासम्म कुराकानी भएको पनि उपविदेशमन्त्री र्याब्कोभले खुलासा गरेका छन् ।
कुराकानीकोक्रममा प्रमुख सिरियाली समस्याहरु समाधानार्थ वार्ता गर्न रुसले आफ्नो द्वार अमेरिकाका लागि सदैव खुला राखेको पनि विदेशमन्त्री लाभ्रोभले केरीलाई बताएको पनि उपविदेशमन्त्री र्याब्कोभले खुलासा गरे । रासस/सिन्ह्वा
प्रतिक्रिया दिनुहोस्