
चितवन, असोज १७ । सवारी दुर्घटनालाई कम गर्न भन्दै लायन्स क्लबले चितवनमा सार्वजनिक सवारीचालकहरुको नेत्र परीक्षण सुरु गरेको छ ।
लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक ३२५ ‘विटु’ नेपालको आयोजनामा दुईदिने नेत्र परीक्षा सुरु गरिएको हो ।
पहिलो दिन सोमबार ६५ जना सवारीचालकहरुको नेत्र परीक्षण गरिएको छ ।
कार्यक्रममा बोल्दै चितवनका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले यस्ताखालका कार्यक्रमले सवारी दुर्घटना न्यूनीकरण गर्न सहयोग पुग्ने बताए ।
प्रतिक्रिया दिनुहोस्