बुटवल, असोज १७ । उद्योगमन्त्री नविन्द्रराज जोशीले राजनीतिक दलहरु आर्थिक समृद्धिका लागि केन्द्रित हुनुपर्ने बताएका छन् ।
रुपन्देही उद्योग संघको ३८औं साधारणसभालाई सोमबार बुटवलमा सम्बोधन गर्दै उनले ‘संविधानको कार्यान्वयनसँगै देशलाई समृद्धिको बाटोमा लैजान उद्योगको विकास अपरिहार्य छ’–भने ।
हाल बन्द रहेका सरकारी स्वामित्वका उद्योगहरुको वर्गीकरण गरी सन्चालन गर्ने योजनामा आफू रहेको पनि उनले बताए ।
कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले राजनीतिक दलहरुले राजनीतिमामात्रै ध्यान दिँदा आर्थिक, सामाजिक क्षेत्र ओझेलमा परेको बताए ।





प्रतिक्रिया दिनुहोस्