Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


झापामा सडक शिलान्यास


0
Shares

झापा, असोज १७ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले झापाको चारआली केचना सडक निर्माणकार्यको शिलान्यास गरेका छन् ।

झापाको भद्रपुरस्थित झापाचोकमा सोमबार आयोजित कार्यक्रममा मन्त्री लेखकले सडक शिलान्यास गरेका हुन् ।

उत्तरी क्षेत्रलाई दक्षिणी झापासँग जोड्ने गरी पहिलो चरणमा २० किलोमिटर सडक निर्माण हुन लागेको छ । त्यसका लागि सरकारले ४१ करोड रुपैयाँ विनियोजन गरेको छ ।

मन्त्री लेखकले झापाको भद्रपुरबाट राजगढ जोड्ने २० किलोमिटर हुलाकीमार्गको पनि शिलान्यास गरे ।

सो सडकका लागि साढे ३० करोड रुपैयाँ बजेट छुट्याइएको छ । ती दुबै सडक साढे दुई वर्षभित्र पूरा गर्ने लक्ष्य राखिएको छ ।