काठमाडौं, असोज १७ । सोमबार पनि शेयरबजारमा सुधार जारी रह्यो ।
यसदिन पनि बजार परिसूचक नेप्से दोहोरो अंकले उकालो लाग्यो । कारोबार भने औसत दिनका तुलनामा न्यून रह्यो ।
कारोबार भएका सबैजसो समूह सकारात्मक रहेसँगै नेप्से सुधारिएको हो । नेप्से १६ अंकले उकालो लागेर १७ सय ८० मा पुग्यो ।
यसदिन पनि बीमा समूहमा सबैभन्दा उच्च १ सय ३५ अंकको बृद्धि आयो । होटल समूह १७ अंकले उकालो लाग्यो । वाणिज्य बैंक र विकास समूहमा पनि दोहोरो अंकको सुधार आयो ।
वित्त, उत्पादनमूलक र जलविद्युत् समूह सामान्य अंकले सकारात्मक रहे । अन्य समूह नगन्य अंकले ऋणात्मक रह्यो ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ३६ कम्पनीको ८ लाख ९६ हजार कित्ता शेयर ७९ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्