Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


होटल संघको अध्यक्षमा अमरमान शाक्य निर्वाचित


0
Shares

काठमाडौं, असोज १७ । होटल संघ नेपालको अध्यक्षमा अमरमान शाक्य निर्वाचित भएका छन् ।

संघको ४५औं वार्षिक साधारणसभाले शाक्यको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

साधारणसभाले प्रथम उपाध्यक्षमा सिर्जना राणा, द्वितीय उपाध्यक्षमा विनोदशंकर श्रेष्ठ, महासचिवमा विनायक शाह र कोषाध्यक्षमा सुनील शाक्य चयन गरेको संघले जनाएको छ ।