काठमाडौं, असोज १७ । साझा यातायातले लुम्बिनी र वीरगन्जमा पनि सेवा सुरु गर्ने भएको छ ।
आइतबारदेखि बाग्लुङ र गोरखामा बससेवा सन्चालन गरेको साझाले बुधबारदेखि वीरगन्ज र विहीबारदेखि लुम्बिनीसम्म सेवा सुरु गर्न लागेको कायममुकायम प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले सोमबार हामीलाई बताए ।
भारत र चीनमा पनि सेवा विस्तार गर्ने योजना रहेको पनि उनले बताए ।
साझाले वीरगन्जको एकतर्फी बसभाडा ४९० रुपैयाँ र लुम्बिनीको भाडा ५५० रुपैयाँ तोकेको छ ।
साझा यातायातले १० वर्षपछि पुनः लामो दुरीको बससेवा सुरु गरेको हो ।
टिकट बुकिङको लागि पुल्चोक, गोंगबु बसपार्क एवं कलंकीमा काउन्टर राखिएको साझाले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्