१७ बैशाख २०८२, बुधबार | Thu May 1 2025


‘बी’ डिभिजन लिगको निर्णायक खेल आज, को बन्ला च्याम्पियन ? यस्तो छ समीकरण


0
Shares

                                                        फाइल फोटो

काठमाडौं, असोज १८ । सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलको निर्णायक खेल आज (मंगलबार) हुँदैछ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा उपाधि दावेदारहरु न्यूरोड टिम (एनआरटी) र सातदोबाटो युथ क्लब भिड्नेछन् ।

लिगमा १२ खेलबाट २५ अंक जोडेको एनआरटी शीर्ष स्थानमा छ भने समान खेलबाट २२ अंक जोडेको सातदोबाटो चौंथो स्थानमा रहेको छ ।

समान २५ अंक जोडेको च्यासल युथ क्लब भने ‘ए’ डिभिजनमा उक्लिसकेको छ ।

आजको खेलमा जित वा कम्तिमा बराबरी गरेको अवस्थामा एनआरटी लिग च्याम्पियन बन्दै ‘ए’ डिभिजनमा फर्कनेछ ।

तर, आजको खेलमा एनआरटीलाई हराउन सकेको अवस्थामा भने सातदोबाटो युथ क्लब लिग च्याम्पियन बन्दै ‘ए’ डिभिजनमा उक्लिनेछ ।

आजको खेल जित्दा सातदोबाटो र एनआरटीको समान २५–२५ अंक भएपनि ‘हेड टु हेड’को आधारमा निर्णय हुँदा सातदोबाटो भाग्यमानी हुँदै ‘ए’ डिभिजनमा उक्लिनेछ ।

१४ टोली सहभागी ‘बी’ डिभिजन लिगबाट दुई टोली ‘ए’ डिभिजनमा उक्लने तथा दुई टोली रेलिगेसनमा पर्दै ‘सी’ डिभिजनमा झर्ने प्रावधान छ ।

योपटक महावीर क्लब र सामाजिक युथ क्लब घटुवा हुँदै ‘सी’ डिभिजनमा झरिसकेका छन् ।