२१ बैशाख २०८२, आइतबार | Mon May 5 2025


यी हुन् चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार विजेता ओसुमी


0
Shares

स्टकहोम, असोज १८ । चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार घोषणा सँगसँगै सोमबार विज्ञान, शान्ति, साहित्यजस्ता अरु विधाका लागि पनि यस वर्षको नोबेल पुरस्कार विजेताको नाम घोषणासत्र सुरु भएको छ ।

आगामी १० दिन भित्रसम्म यस घोषणासत्र समापन भइसक्ने पनि पुरस्कार निर्णायक समिति (ज्युरी)ले जनाएको छ ।

यस वर्षको चिकित्साशास्त्रतर्फको पुरस्कार जापानका वैज्ञानिक योशिनोरी ओसुमिलाई प्रदान गरिने घोषणा गरिएको छ ।

मानव शरीरका कोष (सेल)हरू एकले अर्कोलाई आहारा बनाउँदै आफ्नो कोष आफैं खान्छन् ।

यस प्रकारको स्वचालित प्रक्रियालाई ‘अटोफेगी’ भनिने र यस प्रक्रिया सन्चालित हुँदा बीचमा कुनै गडबडी वा अवरोध उत्पन्न भएमा मानव शरीरमा पार्किन्सन्स र मधुमेहजस्ता रोग लाग्नसक्छ भन्ने जापानी वैज्ञानिक ओसुमीको अनुसन्धान कार्यलाई निर्णायक समितिले सर्वाेत्कृष्ट ठहर्‍याइ चिकित्सातर्फको पुरस्कार प्रदान गर्ने निर्णय गरेको जनाइएको छ ।

स्वीडेनको सार्वजनिक रेडियो एसआरले जनाएअनुसार भौतिकशास्त्रतर्फको यस वर्षको नोबेल पुरस्कार सम्भवतः तीनजना अमेरिकी वैज्ञानिकहरूः ग्रेग सेमेन्जा, विलियम काएलिन र पिटर राट्क्लीफलाई संयुक्तरूपमा प्रदान गरिने अड्कलबाजी गरिएको छ ।

उनीहरूको संयुक्त अनुसन्धानले मानवजाति तथा जनावरहरूको शारीरिक कोषले शरीरलाई अक्सिजनको मात्रा पर्याप्त नभएको वा कम भएको भन्ने थाहा पाउने वा चेतना जगाउने ‘हिपोक्सिया’ प्रक्रियामा सक्रियरूपले भाग लिन्छन् भन्ने तथ्य पत्ता लगाएको थियो ।

शारीरिक कोषहरूले यसरी सक्रियरूपले भाग लिने प्रक्रियालाई ‘मोलिक्युलर मेकानिजम्’ भन्ने नाम दिइएको छ । रासस/एएफपी