१४ श्रावण २०८२, बुधबार | Wed Jul 30 2025


धनुषाका शक्तिपीठमा भक्तजनको घुइँचो


0
Shares

जनकपुर, असोज १८ । नवरात्रका अवसरमा धनुषाका शक्तिपीठहरुमा पनि भक्तजनको घुइँचो लागेको छ ।

जनकपुरको प्रसिद्ध राजदेवी, आमरखाना देवी, बौद्धिमाइ, सोना सतीमाइसहितका देवी मन्दिरहरुमा भक्तजनको भीड बढेको छ । नवरात्रका लागि देवी मन्दिरहरु भव्यरुपमा सजाइएका छन् ।

शक्ति उपासनाको महत्वपूर्ण पर्व नवरात्रको ९ दिनसम्म चन्डिदेवी नवदुर्गाका ९ ओटा स्वरुपलाई वैद्धिक परम्पराअनुसार पूजा–आराधना गरेमा हरेक दुःखबाट मुक्ति हुने जनविश्वास रहेका कारण दसैंमा देवी मन्दिरहरुमा पूजापाठ गर्न श्रद्धालु भक्तजनहरुको भीड लाग्ने गरेको हो ।