
काठमाडौं, असोज १८ । काठमाडौंको गौशालामा ट्याक्सीको ठक्करबाट एक महिला घाइते भएकी छन् ।
सोमबार राति बा१ज ३९५६ नम्बरको ट्याक्सीको ठक्करबाट पैदलयात्री दोलखा, चरिकोटकी ४४ वर्षीया मीना लामा घाइते भएकी प्रहरीले जनाएको छ ।
घाइते मीनाको चाबहिलस्थित हेल्पिङ हेन्ड अस्पतालमा उपचार भइरहेको छ भने ट्याक्सीचालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्