२१ बैशाख २०८२, आइतबार | Mon May 5 2025


सिरियाली युद्धका विषयमा रुससँग वार्ता नगर्ने अमेरिकी निर्णय


0
Shares

काठमाडौं, असोज १८ । सिरिया युद्धसम्बन्धी वार्तामा सक्रिय अमेरिकाले रुससँग वार्ता नगर्ने निर्णय गरेको छ ।

रुसले युद्धविराम सम्झौता उल्लंघन गरेको र सिरियाली सरकारसँग वार्ताको पहल नगरेको भन्दै अमेरिकाले रुससँग सिरियाको युद्धसम्बन्धी कुनैपनि किसिमको वार्ता नगर्ने निर्णय गरेको हो ।

अमेरिकी विदेश मन्त्रालयकाअनुसार रुसले पछिल्लो समय सर्वसाधारण नागरिक, अस्पताल र मानवीय सहायता संगठनलाई निशाना बनाएको आरोप छ ।

यता, रुसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जखारोवाले सिरियाली युद्धसम्बन्धी मामिलामा जेनेभामा भएको वार्तामा अमेरिकाले आफ्ना विशेषज्ञहरुलाई फिर्ता बोलाएर रुसलाई एक्ल्याएको आरोप लगाएका छन् ।

यी दुई राष्ट्रको समन्वयमा भएको वार्ताअनुसार सिरियामा गत महिना युद्धविराम लागू हुुनुपर्ने थियो ।

तर, सोही अवधिमा सिरियामा रुसी हवाई आक्रमणमा सयौं सर्वसाधारण नागरिकलाई निशाना बनाइएको छ । (एजेन्सी)