Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


एन आई सी एशिया बैंकको नाफा १ अर्ब ७ करोड


0
Shares

काठमाडौं, असोज १८ । एन आई सी एशिया बैंकले आर्थिक बर्ष २०७२/०७३ को नाफाबाट आफ्ना शेयरधनीलाई २६ प्रतिशत बोनस शेयर र तत्पश्चात १५ प्रशिशत हकप्रद शेयर दिने भएको छ ।

बैंकको मंगलबार सम्पन्न उन्नाईसौं वार्षिक साधारण सभाले उक्त प्रस्ताव पारित गरेको हो । बैंकले विषम परिस्थितीका बावजुद प्रगति जारी राखेको जनाएको छ ।

गत आर्थिक वर्षमा बैकले कुल कर्जा ३७% बृद्धि गर्नुका साथै खुद मुनाफा ५७ प्रतिशतले बृद्धि गरि १ अर्ब ७ करोड पुर्याउन सफल भएको पनि जनाएको छ ।