-प्रदिप पौडेल, ईमेज
पोखरा, असोज १८ । दशैका लागी करिब २० हजार भेडा, च्याङ्ग्रा पोखरा भित्रिने भएका छन् । पोखरामा मुस्ताङ, डोल्पा, मुगु, तिब्तबाट ५० करोड रुपैयाँ बराबरका भेडा च्याङ्ग्रा ल्याइने व्यापारीहरुले बताएका हुन् ।
गत बर्ष १७ हजार भेडा, च्याङ्ग्रा पोखरा भित्र्याइएको थियो । भेडा च्याङ्ग्राको मूल्य भने गत वर्षको तुलनामा महङ्गो भएको गुनासो उपभोक्ताको छ ।
हिमाली भेगमा जडिबुटी खाएर हुर्केको भेडाच्याङ्ग्रा भएकोले मासु स्वादिष्ट र स्वास्थ्यकर हुने विश्वासमा च्याङ्ग्रा किन्नेको संख्या बढिरहेको पाइन्छ ।
तर, गत वर्षको तुलनामा यस पटक भेडा च्याङ्ग्राको भाउँ ४ हजारसम्म बढि परेको उपभोक्ता रमेश राज पहारीले बताए ।
दशैंको बेलामा मात्रै पोखरा आसपासका क्षेत्रमा करिब ५० करोड भेडा च्याङग्राको कारोबार हुने अनुमान व्यवसायीको छ ।
चीनबाट तातोपानी हुँदै आउने भेडा च्याङग्रा यस वर्ष मुस्ताङबाट पोखरा हुँदै काठमाण्डौ सम्म गएको जनाइएको छ ।









प्रतिक्रिया दिनुहोस्