१५ श्रावण २०८२, बिहिबार | Thu Jul 31 2025


आगलागीबाट ४ महिनाको शिशुको मृत्यु


0
Shares

हेटौँडा, असोज १९ । मकवानपुर जिल्लाको भैँसे–७ खोप्लाङमा मंगलबार राति सागर तिमल्सिनाको घरमा आगलागी हुँदा उनकी चार महिनाकी छोरी सृष्टी तिमल्सिनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

आगलागीमा ६ वर्षीया वर्षा तिमल्सिना र चार वर्षीय बादल तिमल्सिना सख्त घाइते भई भैँसेस्थित सुपारेटार ब्यारेकमा अहिले उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बच्चाले टुकी खेलाउँदा खरको छानामा सल्केर भएको आगलागीबाट करिब रु दुई लाख बराबरको क्षति भएको प्रहरी सूत्रले जनाएको छ ।

घरमूली सागर तिमल्सिना सामान्य घाइते भएका छन् । उनको सुपारेटार ब्यारेकमा उपचार भएको छ । (रासस)