
धनकुटा, असोज १९ । धनकुटामा गाउँगाउँमा विस्तार भएका सडक भत्किएर यातायात सञ्चालनमा नआउंदा स्थानीयबासिन्दा समस्यामा परेका छन् ।
वर्षातका बेला भत्किएका अधिकांश ग्रामीण सडक मर्मत नहुँदा यातायात सञ्चालनमा आउन नसकेका हुन् ।
दशैंमा घर जाने यात्रु सबैभन्दा बढी मारमा परेका छन् । त्यसैगरी ग्रामीण क्षेत्रबाट आकस्मिक कामले सदरमुकाम आउनुपर्नेहरु पनि समस्यामा छन् ।
सडक सञ्चालनमा नआउँदा गाउँगाउँसम्म दैनिक उपभोग्य सामान लैजान तथा गाउँमा उत्पादित कृषिजन्य उत्पादन बजारसम्म पुर्याउन समस्या भएको स्थानीय ब्यापारीले गुनासो गरेका छन् ।
धनकुटामा १ हजार किलोमिटरभन्दा लामो सडक सञ्जाल छ । तर १ सय ५ किलोमिटर सडकमात्रै वर्षैभर सञ्चालनमा आउने गरेको जिल्ला विकास समितिले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्