धुन्चे, असोज १९ । नेपालको उत्तरी नाकामा रहेको रसुवा भन्सार कार्यालय टिमुरेले असोज महिनाको आधा अवधिमै लक्ष्यभन्दा बढी भन्सार असुली गरेको छ ।
प्रमुख भन्सार अधिकृत केदार पनेरुकाअनुसार असोज महिनाको १६ गतेभित्र २५ प्रतिशतभन्दा बढी राजस्व उठेको छ । असोज महिनामा राजस्व असुली रु १७ करोड लक्ष्य राखिएको छ ।
यस आवको साउनदेखि असोज १६ गतेसम्म रु ४३ करोड राजस्व दाखिला भइसकेको छ ।
तयारी पोसाक, जुत्ता, चप्पललगायत सामग्री चीनबाट आयात हुने गरेको भन्सार कार्यालयले जनाएको छ ।
स्याफ्रु–टिमुरेबीच लिङलिङमा पहिरोका कारण अवरुद्ध सडक अहिले पुनःसन्चालनमा आएको बताइएको छ । रासस









प्रतिक्रिया दिनुहोस्