
प्रतीक लामिछाने/भरत केसी (इमेज)
काठमाडौं, असोज १९ । सधैंभभि भीडभाड हुने काठमाडौंको बालाजुस्थित नयाँबसपार्क । दसैंको नवरात्र सुरु भएलगत्तै राजधानी छाडेर बाहिरिनेहरुको भीड बाक्लै हुने गरेको छ ।
दसैंमा घर–परिवारसँग बसेर मीठो खाने र रमाइलो गर्ने चाहना लिएर गाउँ फर्कनेहरुको काठमाडौंबाट गाउँ पुग्ने यात्रा भने कम्ता चुनौतीपूर्ण छैन ।
कुनैबेला सपनाको सहरकारुपमा चिनिने काठमाडौंले आफ्नो परिभाषा बदलेको छ । त्यसैले त पछिल्ला वर्षहरुमा काठमाडौंलाई मान्छेले ‘समस्याको सहर’कोरुपमा परिभाषित गर्न थालेका छन् ।
विभिन्नखाले अभाव र समस्यासँग पौठेजोरी खेल्दै काठमाडौंमा संघर्ष गर्नेहरुका आँखामा काठमाडौं धेरै गुमाएर थोरै कमाउने सहर बनिदिएको छ ।
आफू र परिवारको गुजारा चलाउन काठमाडौं आउने हुन् वा अवसर र भविष्य खोजेर काठमाडौं छिर्नेहरु, आफ्नो व्यस्त दैनिकीकै बीचमा आउने विभिन्नखाले चाडपर्व तथा सांस्कृतिक गतिविधिलाई जोगाउन उनीहरुले जस्तोसुकै अप्ठेरोको पनि सामना गर्दै आइरहेका छन् ।
दसैंको मूखमा कर्मभूमिलाई छाडेर जन्मभूमि फर्कनेहरुले ठूलै संघर्ष गर्नुपरिरहेको छ ।
गाउँ फर्कन पर्याप्त मात्रामा गाडी नपाइनु, भएका गाडीमा पनि भीडभाडले यात्रा गर्न बाध्य हुनु उनीहरुको दैनिकी बनिदिएको छ ।
त्यसैले दसैंको मुखमा घर जाँदा जुन उत्साह हुनुपर्ने हो, त्यो उनीहरुमा भेटिँदैन ।
काठमाडौं छाडेर घर जानेहरुजस्तै विदेशमा रोजगारीमा गएर चाडबाड मनाउन स्वदेश फर्केकाहरु पनि यही समस्याबाट प्रताडित हुने गरेका छन् ।
देशको स्थिति देखेर विदेश भासिनेहरु ३/४ वर्षपछि घर फर्कंदा पनि देश पुरानै ढर्राले अघि बढेको देख्दा दुःखित देखिन्छन् । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।
प्रतिक्रिया दिनुहोस्