१५ श्रावण २०८२, बिहिबार | Thu Jul 31 2025


सर्वोच्चको टोली लोकमानको घरमा म्याद जारीको सूचना नटाँसी यसरी फर्कियो (भिडियोसहित)


0
Shares

काठमाडौं, असोज १९ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीलाई नियुक्तिसम्बन्धी विवादमा अदालतमा उपस्थित हुने म्याद जारीको सूचना दिन गएको सर्वोच्च अदालतको टोली कार्कीको घरमा सूचनासमेत नटाँसी फर्किएको छ ।

सर्वोच्चका तामेलदार शम्भु खत्रीले बुधबार बानेश्वरस्थित अख्तियार प्रमुख कार्कीको घरमा सूचना टाँस्न खोज्दा सो घरका डेरावालले अख्तियार प्रमुख कार्की त्यहाँ नबस्ने र सिँगै घर बहालमा रहेको बताएका थिए ।

सम्बन्धित व्यक्ति नै घरमा नबस्ने भएपछि सूचना नटाँसी फर्किएको खत्रीले बताए ।

स्थानीय वडासचिवको रोहबरमा सूचना टाँस्नुपर्ने प्रावधानअनुसार सर्वोच्चका तामेलदार खत्री वडासचिवलाई लिन गएकोमा वडासचिव पनि सम्पर्कमा नआएको बताइएको छ ।

भिडियो हेर्नुहोस्