काठमाडौं, असोज १९ । नेपालका लागि भारतीय राजदूत रणजित रायले दुई देशबीचको सम्बन्ध सकारात्मक दिशातिर अघि बढेको जिकिर गरेका छन् ।
रिपोर्टस् क्लबले बुधबार राजधानीमा गरेको साक्षात्कारमा रायले यसै महिना भारतमा हुने ‘ब्रिक्स’ सम्मेलनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल फेरि भारत जाने र त्यहाँ परराष्ट्रमन्त्रीस्तरीय बैठक पनि हुने बताए ।
तिहारलगत्तै भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपाल भ्रमणमा आउने तय भएको पनि उनले बताए ।
‘पावर ट्रेड एग्रिमेन्ट’ पनि कार्यान्वयनको अन्तिम चरणमा पुगेको भन्दै राजदूत रायले पेट्रोलियम पदार्थका लागि पाइपलाइन बिछ्याउने विषयलाई राजनीतिकरण गरिएको गुनासो पोखे ।









प्रतिक्रिया दिनुहोस्