२१ श्रावण २०८२, बुधबार | Wed Aug 6 2025


घुस रकमसहित मालपोत प्रमुख समातिए


0
Shares

सिरहा, असोज १९ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मालपोत कार्यालय सिराहाका प्रमुख ज्ञानराज लम्साललाई घुस रकमसहित पक्राउ गरेको छ ।

अख्तियारको पूर्वाञ्चल क्षेत्रीय कार्यालयको टोलीले बुधबार लम्साललाई सेवाग्राहीबाट लिएको ४० हजार घुससहित पक्राउ गरेको हो ।

प्रमुख मालपोत अधिकृत लम्सालले सिराहा नगरपालिका–१३ मल्हनिया गम्हरियाका दिपु साहसँग ४० हजार घुस लिएका थिए ।

मालपोत कर्मचारीको लापरबाहीले हराएको एककठ्ठा जग्गा खोज्नका लागि लम्सालले घुस लिएको खुलासा भएको छ ।