
काठमाडौं, असोज १९ । तोकिएको मूल्यभन्दा बढी मूल्यमा टिकट बेच्नेलाई प्रहरीले बुधबार पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका–३५ कोटेश्वरचोकस्थित रातुकमला टिकट काउन्टरका कर्मचारी महोत्तरी बर्दिवास–२ का २९ वर्षीय राकेश शाहलाई काठमाडौंदेखि सिन्धुली जाने गाडीको रु ५०० मूल्यपर्ने टिकट एक हजारमा बिक्री गर्दैगर्दा बुधबार प्रहरीले पक्राउ गरेको छ ।
यसैगरी, काठमाडौं महानगरपालिका–३० असनबाट ‘प्रहरी हूँ’ भनी रकम ठगी गर्दै हिँड्ने काभ्रे, पनौती घर भएका राजन केसीलाई पनि पक्राउ गरिएको छ ।
काठमाडौं महानगरपालिका–३० खुल्लामन्चस्थित बसपार्कमा कमिसनमा नयाँ नोट साट्दै गरेको अवस्थामा जैसीदेवल बस्ने सिन्धुली, पूजा–४ पुरानो झाँगाझोलीका ३९ वर्षीय गमेस बस्याललाई प्रहरीले पक्राउ गरेको छ । रासस
प्रतिक्रिया दिनुहोस्