२१ श्रावण २०८२, बुधबार | Wed Aug 6 2025


दुई लाख घुससहित नापी कार्यालय चाबहिलका प्रमुख कार्यकक्षबाटै पक्राउ


0
Shares

काठमाडौं, असोज १९ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय, चाबहिलका कार्यालय प्रमुख, प्रमुख नापी अधिकृत (उपसचिव) हजारी यादव र सर्वेयर जितेन्द्र पण्डितलाई घुससहित बुधबार पक्राउ गरेको छ ।

जग्गा हालसाविक गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग रु दुई लाख घुस रकम लिएको अवस्थामा निजकै कार्यकक्षबाट घुस रकमसहित आयोगले नियन्त्रणमा लिएको आयोगले जनाएको छ ।

यसैगरी, मालपोत कार्यालय सिराहाका कार्यालय प्रमुख ज्ञानराज लम्साललाई रु ४० हजार घुससहित बुधबारै नियन्त्रणमा लिइएको छ ।

कार्यालय प्रमुख लम्सालले नक्सासुधार गरी क्षेत्रफल कायम गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग रु ४० हजार घुस लिँदैगर्दा कार्यकक्षबाटै आयोग टोलीले नियन्त्रणमा लिएको जनाएको छ । रासस