Logo ८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026


शेयरबजारमा बुधबार सामान्य सुधार


0
Shares

काठमाडौं, असोज १९ । बुधबार पनि शेयरबजार सुधारियो ।

यसदिन बजार परिसूचक नेप्से करिब साढे ८ अंकले धनात्मक रहेर १८ सय ६ कायम भएर थामियो ।

कारोबार भएकामध्ये धेरैजसो समूह सकारात्मक रहे । होटल समूह सबैभन्दा बढी ५८ अंकले बढ्यो । वाणिज्य बैंक समूह पनि १३ अंकले उकालो लाग्यो ।

विकास बैंक, वित्त र अन्य समूह सामान्य अंकले सकारात्मक रहे । उत्पादनमूलक, जलविद्युत र बीमा समूह भने दोहोरो अंकले ओरालो लागे ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ३२ कम्पनीको ८ लाख बराबर कित्ता शेयर ७२ करोड ७५ लाख रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।