Logo ८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026


चौधरी ग्रुपद्वारा ‘साउन्ड्ज अफ नेपाल’ कार्यक्रमको सुरुआत


0
Shares

काठमाडौं, असोज १९ । चौधरी ग्रुपले नेपाली संगीतको प्रबद्र्धन गर्ने उद्देश्यका साथ ‘नेपाल आइस साउन्ड्ज अफ नेपाल’ कार्यक्रमको सुरुआत गरेको छ ।

ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरी र नेपाली गायक तथा संगीतकर्मी जेम्स प्रधानले मंगलबार पाटन म्युजियम क्याफेमा आयोजित कार्यक्रममा संयुक्तरुपमा कार्यक्रमको सुरुआत गरेका हुन् ।

‘साउन्ड्ज अफ नेपाल’को उद्देश्य नेपाली संगीतको विकास र प्रबद्र्धन गर्ने रहेको र यसले नेपाली सांगीतिक क्षेत्रका प्रतिभाहरुको पहिचान गरी उनीहरुलाई एक साझा मन्च प्रदान गर्ने चौधरीले बताए ।

कार्यक्रमको प्रायोजन चौधरी ग्रुपको नेपाल आइसले गर्ने भएको हो ।