
काठमाडौं, असोज १९ । पचलीभैरवको नवनिर्मित मूर्तिलाई बुधबार टेकुस्थित पचलीभैरव पीठमा लगिएको छ ।
भीमसेनस्थानस्थित थकु जुजुको घरमा पूजा गरी पीठमा लगिएको हो ।
पीठमा रातभर पञ्चबलिसहित पूजा गरेपछि मध्यरातमा जात्रा गर्ने चलन रहेको छ ।
नयाँ भैरव घेम्पोको मूर्ति निर्माण गर्न पूर्वराजा ज्ञानेन्द्र शाहले आर्थिक सहयोग गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्