
ताप्लेजुङ, असोज २० । नवरात्र सुरु भएपछि ताप्लेजुङको प्रशिद्ध तिर्थस्थल पाथीभरा देवीको दर्शन गर्नेको चाप ह्वातै बढेको छ ।
नवरात्र भर देविको पुजा आरधनाहुने भएकाले पाथिभरामा तिर्थयात्रीको चाप बढेको हो ।
पाथीभरा देवीको दर्शन गर्न अहिले राजधानी काठमाडौं लगायत ताप्लेजुङ नजिकका जिल्लाहरु पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, तेह्रथुम, धनकुटा, सङ्खुवासभा, भोजपुर तथा भारत भारतको बिभिन्न ठांउबाट दर्शनार्थी आउने गरेका छन् । पाथिभरा देविको दर्शन र पुजा गरेको मनोकाक्षां पुरा हुने विश्वास रहेको छ ।
प्रतिक्रिया दिनुहोस्