१५ श्रावण २०८२, बिहिबार | Thu Jul 31 2025


वीपी राजमार्गमा दैनिक ३ हजार सवारी साधन, दशैंले चाप बढ्यो


0
Shares

सिन्धुली, असोज २० । दशैं सुरु भएसँगै बीपी राजमार्गमा सवारी साधनको चाप निकै बढेको छ ।

सरकारले वीपी राजमार्गमा ३६ सिट क्षमताभन्दा मुनीका हल्का तथा मझौला सार्वजनिक सवारी साधन सञ्चालनमा पटके अनुमति दिएसँगै सवारी साधनको चाप बढेको हो ।

अहिले यो राजमार्ग हुँदै तराईका विभिन्न जिल्लामा जाने यातायात सञ्चालन हुने गरेका छन् ।

मुग्लिन-नारायणघाट सडकखण्डको पुनर्निर्माण भइरहेको र जाम हुने गरेका कारण यात्रुहरुले यही राजमार्ग हुँदै यात्रा गर्न मन पराउने गरेका छन् ।

दशै सुरु भएयता दैनिक ३ हजारको हाराहारीमा वीपी राजमार्गमा सार्वजनिक तथा नीजी सवारी साधनको आवागमन भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

वीपी राजमार्गमा एक्कासी सार्वजनिक यातायातका साधनको आवागमन बढ्नाले ट्राफिक व्यवस्थापनमा भने समस्या भएको छ ।