
काठमाडौं, असोज २० । सन् १९५० को नेपाल-भारत शान्ति तथा मैत्री सन्धी पुनरावलोकन गर्न दुवै देश सैद्धान्तिक रुपमा सहमत भएका छन् ।
नयाँ दिल्लीमा दुई दिनसम्म बसेको प्रबुद्ध समूहको बैठकमा सन् १९५० को शान्ति तथा मैत्री सन्धि पुनरावलोकन गर्ने सहमति बनेको हो ।
बैठकमा नेपाली पक्षले सन्धी पुनरावलोकनका लागि केही बूँदा अघि सारेको र त्यसमा प्रारम्भिक छलफल समेत भएको बताइएको छ ।
प्रबुद्ध समूहको नेपालतर्फको सचिवालयका कार्यकारी निर्देशक यादवराज खनालले बैठकमा प्रगति भएको वीबीसीलाई जानकारी दिएका छन् ।
सन्धि लगायत दुई देशबीचको व्यापार, पारवहन, सिमाना, सामाजिक र सांस्कृति पक्षका बारेमा दुबै पक्षका सबै विषयमा एउटा निचोड पुग्ने गरी गृहकार्य गर्ने सल्लाह भएको छ ।
दुवै देशका विज्ञहरु सम्मिलित प्रबूद्ध समूहको अर्को बैठक आगामी मंसिरमा काठमाडौंमा हुने छ ।
प्रतिक्रिया दिनुहोस्