१८ बैशाख २०८२, बिहिबार | Thu May 1 2025


विश्वकप फुटबल छनोटमा यस्ता छन आजका रोमाञ्चक खेलहरु


0
Shares

काठमाडौं, असोज २० । सन् २०१८ मा रुसमा हुने विश्वकप फुटबल प्रतियोगिताका लागि दोस्रो चरणका छनोट खेलहरु आज(बिहीबार)बाट सुरु हुँदैछन् ।

युरोपेली समुह जी अन्तर्गतको चर्चित खेलमा ईटालीले स्पेनको सामना गर्नेछ । यो खेल ईटालीको टुरीनमा नेपाली समय अनुसार आज राति साँढे १२ बजे सुरु हुनेछ ।

ईटालीले समुहको पहिलो खेलमा ईजरेललाई ३÷१ ले हराएको थियो भने स्पेनले लाईचेस्टेनलाई ८-० ले पराजित गरेको थियो ।

युरोपेली छनोटअन्तर्गत समुह डी को खेलमा आज राति अष्ट्रियाले वेल्ससँग खेल्दा आयरल्याण्ड र जर्जिया तथा माल्दोभा र सर्बिया भिड्नेछन् ।

आजै हुने अन्य खेलहरुमा आईसल्याण्ड र फिनल्याण्ड, टर्की र युक्रेन तथा कोसोभो र क्रोएसिया भिड्नेछन् ।

विश्वकप फुटबल छनोट चरणअन्तर्गत एसिया र दक्षिण अमेरिकाका विभिन्न खेल पनि आजै राति हुनेछन् ।