
काठमाडौं, असोज २० । हैंटीमा आएको शक्तिशाली आँधी मैथ्युका कारण राष्ट्रपतीय निर्वाचन नै प्रभावित भएको छ ।
आँधीले त्यहाँको जनजीवन अस्तव्यस्त भएपछि आगामी साता हुने भनिएको राष्ट्रपतीय निर्वाचन अर्को सातासम्मका लागि सारिएको छ ।
आँधी प्रभावित क्षेत्रमा अन्तर्राष्ट्रिय उद्धार टोली परिचालन गरिएको छ । हजारौं नागरिक अस्थायी शरणस्थलमा बसिरहेका छन् भने उनीहरुका लागि राहत सामग्री उपलब्ध गराइएको छ ।
हैंटीको दुर्गम क्षेत्र आँधीका कारण तहस नहस बनेको छ । अधिकांश पुल भत्किएकाले सर्वसाधारणलाई आवत–जावत गर्न मुस्किल भएको छ ।
विद्यालय र कलेज बन्द हुँदा हजारौं बालबालिका पठनपाठनबाट बन्चित बनेका छन् । हैंटीमा आएको यो आँधी दशककै ठूलो भएको बताइएको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्