१५ श्रावण २०८२, बिहिबार | Thu Jul 31 2025


सवारी दुर्घटनामा एलडिओसहित ६ जना घाईते


0
Shares

इलाम, असोज २० । इलामको साखेजुङ–६ मा भएको सवारी दुर्घटनामा पाँचथरका स्थानीय विकास अधिकारीसहित ६ जना घाइते भएका छन् ।

पाँचथरबाट झापा जाँदै गरेको पाँचथर जिविसको बा. १ झ ३७३ नम्बरको गाडी सडकबाट खसेको हो ।

दुर्घटनामा परी स्थानीय विकास अघिकारी कोमलप्रसाद धमला, पाँचथर जिल्ला विकास समितिकी प्राविधिक कौशिला दाहाल, उनका पति विवेक ढुंगेल, दुर्गाप्रसाद कार्की, गाडी चालक पाँचथर भारपा गाविसका वीरबहादुर तामाङ र उनका छोरा प्रवीण घाइते भएको प्रहरीले जनाएको छ ।

सामान्य अवस्थाका सबै घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।