काठमाडौं, चैत २१ । फुटबलको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) वरीयतामा नेपाल यथावत् रहन सफल भएको छ ।
फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल यथावत् १६१औं स्थानमा रहेको छ ।
अघिल्लो महिना पनि नेपाल १६१औं स्थानमा थियो ।
दक्षिण एसियाली देशमा नेपाल तेस्रो स्थानमा छ । नेपालभन्दामाथि भारत १०१औं र माल्दिभ्स १५१औं स्थानमा छन् ।
नेपालभन्दा तल रहेको भुटान १८६औं, बङ्गलादेश १८८औं, पाकिस्तान २०० र श्रीलंका २०२औं स्थानमा छन् ।
विश्व वरीयतामा बेल्जियम शीर्ष स्थानमा छ । फ्रान्स दोस्रो, ब्राजिल तेस्रो, इंग्ल्यान्ड चौथो, क्रोएसिया पाँचौं, उरुग्वे छैटौं, पोर्चुगल सातौं, स्वीट्जरल्यान्ड आठौं, स्पेन नवौं र डेनमार्क दशौं स्थानमा रहन सफल भएका छन् ।
फिफाले सदस्य मुलुकहरुले खेलेका अन्तर्राष्ट्रिय खेलहरुका आधारमा प्रत्येक महिना वरीयता सार्वजनिक गर्ने गर्दछ । रासस








प्रतिक्रिया दिनुहोस्