Logo १२ असार २०८३, शुक्रबार | Sat Jun 27 2026


नगर पत्रकारिता पुुरस्कारबाट इलामका दुुई पत्रकार पुरस्कृत


0
Shares

इलाम, असोज २० । इलाममा रहेर पत्रकारिता गरिरहेका दुुई क्रियाशिल पत्रकार टीका खतिवडा र कौशिला खिन्दुुङ राई बुुधबार सदरमुकाममा पुुरस्कृत भएका छन् ।

इलाम नगरपालिकाले प्रत्येक वर्ष पत्रकार महासंघ इलाम शाखाको समन्वयमा प्रदान गर्दै आएको नगर पत्रकारिता पुरस्कारबाट इलामबाट प्रकाशित चियावारी दैनिकका कार्यकारी सम्पादक खतिवडा र इलाम एफएमका कार्यरत राईलाई पुरस्कृत गरेको हो ।

प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, नगरपालिकाका कार्यकारी अधिकृत महेन्द्रकुमार खाम्याङ, पत्रकार महासंघ इलामका अध्यक्ष रोहितचन्द्र भट्टराई लगायतले पुरस्कृत खतिवडा र राईलाई जनही सातहजार पाँच सय नगद सहित प्रमाणपत्र, अविर र खादा लगाएर पुरस्कृत गरेका हुुन् ।

नगरको विकासमा सहयोग गरेवापत इलाम नगरपालिकाले प्रत्येक वर्ष जिल्लाका उत्कृष्ठ पत्रकारलाई प्रदान गर्दै आएको छ ।

इलाम नगरपालिकाका कार्यकारी अधिकृत खाम्याङको अध्यक्षता तथा प्रजिअ दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष भट्टराई, पुर्व अध्यक्ष सटेन्द्र जवेगुु, जिल्ला विकास समिति इलामका अनुुगमन अधिकृत छविलाल खतिवडा, प्रेस युुनियनका जिल्ला अध्यक्ष तोयाानाथ भट्टराई, प्रेस चौतारीकी इलाम अध्यक्ष कोकिला ढकाल लगायतले पुुरस्कृत पत्रकारलाई बधाई दिएका थिए ।

कार्यक्रममा बिजया दशमीको शुुभकामना आदानप्रदान समेत गरिएको थियो ।