फाइल फोटो
काठमाडौं, असोज २० । नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको बैठकमा व्यवस्थापिका–संसदमा प्रस्तुत् भएका निर्वाचनसम्बन्धी विधेयकको मस्यौदामाथि आन्तरिक छलफल भएको छ ।
उपप्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधिले असोज १८ गतेको व्यवस्थापिका–संसदको बैठकमा निर्वाचनसम्बन्धी विधेयकहरु सदनमा प्रस्तुत् गरेका थिए ।
कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा विहीबार बसेको दलको कार्यसमितिको बैठकमा सदनमा प्रस्तुत् भएका विधेयकमाथि आन्तरिक छलफल भएको थियो ।
दलका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले सो जानकारी दिँदै ती विधेयककाबारेमा अरु दलसँगसमेत छलफल गरिने जानकारी दिए ।
बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, कोषाध्यक्ष एवं शान्तिमन्त्री सीतादेवी यादव, केन्द्रीय सदस्य प्रकाशमान सिंह, केन्द्रीय सदस्य एवं सहरी विकासमन्त्री अर्जुननरसिंह केसी, अर्का केन्द्रीय सदस्य एवं भौतिक पूर्वाधारमन्त्री रमेश लेखकलगायतको सहभागिता रहेको थियो । रासस









प्रतिक्रिया दिनुहोस्