
काठमाडौं, असोज २० । बडादसैं सुरु भएको छैटौं दिनसम्म आइपुग्दा राजधानीबाट करिब १२ लाख मानिस बाहिरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता लोकेन्द्रबहादुर मल्लले केही दिनयता दैनिक एक लाखभन्दा बढीले राजधानी छाडिरहेको बताए ।
यस्तै, दसैंको मौका पारेर बढी भाडा लिएको उजुरीमा केही सवारी–साधनलाई कारबाही गरिएको भन्दै ट्राफिक प्रहरीले बढी भाडा लिए वा क्षमताभन्दा बढी यात्रु राखे प्रहरीमा खबर गर्नसमेत आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस्