काठमाडौं, असोज २० । बडादसैंअघिको अन्तिम शेयर कारोबार पनि सकारात्मक रहेर थामियो ।
विहीबार पनि बजार परिसूचक नेप्से १३ अंकले उकालो लागेर १८ सय १९ पुग्यो । कारोबार भएका सबै समूह उकालो लागे ।
होटल समूह सबैभन्दा उच्च १ सय ४ अंकले उकालो लाग्यो । बीमा समूह पनि ६४ अंकले बढ्यो । जलविद्युत् र विकास बैंक समूह पनि दोहोरो अंकले उकालो लागे । अरु समूह सामान्य अंकले बढेका हुन् ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ३० कम्पनीको १५ लाख ५६ हजार कित्ता शेयर १ अर्ब रुपैयाँ बढीमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्