१६ श्रावण २०८२, शुक्रबार | Fri Aug 1 2025


नवरात्र अन्तर्गत आज कात्यायनीको पूजा गरिदैं


0
Shares

काठमाडौं, असोज २१ । नवरात्रअन्तर्गत आज षष्ठी तिथि । शक्ति स्वरुपा देवी कात्यायनी माता भवानीको विशेष पूजा आराधना गरिँदैछ ।

कात्यायनी भगवतीको पूजाका लागि देशका शक्तिपीठ तथा मन्दिरहरुमा दर्शनार्थीको घुईंचो लागेको छ ।

अष्टमातृका भगवतीको छैठौं शक्तिका रुपमा प्रार्दुभाव भएकी कात्यायनी भगवतीको पूजा गरे रोग, शोक, भय, दुःख दरिद्रजस्ता संकट नाश हुने धार्मिक विश्वास रहेको पाइन्छ । धर्मशास्त्रमा उल्लेख भएबमोजिम प्राचिन युगमा कात्या नाम गरेका महर्षिका छोरा कात्यायान ऋषिको छोरीको रुपमा भगवतीले जन्म लिएको हुनाले उनको नाम कात्यायिनी रहन गएको कथन छ । तिनै कात्यायिनीले महिशासुरको बध गरेको शास्त्रीय मान्यता छ ।

आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरी सुरु भएको दशैंमा पूर्णिमासम्म दुर्गा भवानीको पूजा गरिन्छ । उपत्यकाका गुहेश्वरी, दक्षिणकाली, कालिकास्थान, मैतीदेबी, इन्द्रायणी, तलेजु भवानी, विजेश्वरी, शोभा भगवती, नक्साल भगवती र भद्रकालीमा भक्तजनको भिड लागेको छ ।

त्यस्तै दाङको अम्बिकेश्वरी, सल्यानको खैरावाङ भगवती, नेपालगञ्जको बागेश्वरी, सप्तरीको छिन्नमस्ता, धरानको दन्तकाली, पोखराको बिन्दबासिनी, डोटीको सैलेश्वरी, बाग्लुङको कालिका, गोरखाको गोरखकाली, मकवानपुरको चुरियामाईलगायतका शक्ति पिठमा भक्तजनको भीड लागेको छ ।