१६ श्रावण २०८२, शुक्रबार | Fri Aug 1 2025


नवलपरासीमा बस र माइक्रो ठोक्किदा २१ जना घाइते


0
Shares

नवलपरासी, असोज २१ । नवलपरासीको कावासोती–८ लोकाहा पुलनजिकै भएको सवारी दुर्घटनामा २१ जना घाइते भएका छन् ।

काठमाडौंबाट अर्घाखाची जाँदै गरेको ना६ख ८८७ नम्बरको बस र भैरहवाबाट बागलुङको बेनी जाँदै गरेको बा२ख २१४१ नम्बरको माईक्रो बस शुक्रबार बिहान आपसमा ठोक्किँदा दुर्घटनामा भएको हो ।

घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर छ । १२ जना घाइतेलाई उपचारका लागि भरतपुर मेडिकल कलेज लगिएको छ भने ९ जनाको कावासोतीको नवलपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।