Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


हेलम्बुको जंगलमा लगेर छाड्न एउटै समूहले लग्यो ६ सय च्याङ्ग्रा


0
Shares

भक्तपुर, असोज २१ । भक्तपुरमा दसैंका लागि मुस्ताङबाट ल्याइएका भेडा–च्याङ्ग्राको अभाव भएको छ ।

भक्तपुरमा करिब दुई हजारवटा भेडा–च्याङ्ग्रा बिक्रीका लागि ल्याइएकामा पशु अधिकारकर्मीका नाममा एउटै समूहले ६ सयवटा च्याङ्ग्रा किनेर लगेपछि अभाव भएको हो ।

बुधवार हेलम्बुको जङ्गलमा लगेर च्याङ्ग्रा छाडिदिने र अरूलाई पनि पशुबध नगर्न आग्रह गर्ने भन्दै आएको समूहले प्रतिच्याङ्ग्रा १९ हजार रुपैयाँका दरले कुल एक करोड १४ लाख रुपैयाँमा ६ सयवटा च्याङ्ग्रा लगेको व्यापारी श्यामभक्त श्रेष्ठले बताए ।

भक्तपुरको सल्लाघारीमा ल्याएको च्याङ्ग्रा प्रतिकिलो रु सात सय र भेडा प्रतिकिलो रु पाँच सय ५० देखि ६ सयसम्ममा बिक्री भएको छ । भक्तपुरमा करिब चारसय च्याङ्ग्रा मात्र बाँकी भएको र यो शुक्रबारसम्म सकिने भएकाले फूलपातीदेखि नै च्याङ्ग्राको अभाव हुने व्यापारी विष्णुभक्त श्रेष्ठले बताए ।

मुस्ताङको घारमै एउटा च्याङ्ग्राको १८ हजार रुपैयाँ तिरेर ल्याएको बताउँदै उनले कर, ढुवानी खर्च र घारमै भेडाच्याङ्ग्रा महँगो तिर्नु परेकाले यस वर्ष कम सङ्ख्यामा ल्याएको बताए । (रासस)