
काठमाडौं, असोज २१ । परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत एसिया कोअपरेसन डाइलग (एसीडी)को दोस्रो शिखर सम्मेलनमा सहभागी हुन शुक्रबार थाइल्यान्ड प्रस्थान गरेका छन् ।
यही असोज २२ देखि २४ गते बैंककमा हुने सम्मेलनमा नेपालबाट मन्त्री महतसहितको टोली शुक्रबार त्यसतर्फ प्रस्थान गरेको हो ।
मन्त्री डा. महतसँगै परराष्ट्रसचिव शंकरदास बैरागी, थाइल्यान्डका लागि नेपाली राजदूत खगनाथ अधिकारी र सहसचिव मणिप्रसाद भट्टराईलगायत सम्मेलनमा सहभागी हुनेछन् ।
‘एक एसिया, विविध बल’ विषयक सो सम्मेलनमा मन्त्री डा. महतले सम्बोधन गर्ने कार्यक्रम छ ।
सम्मेलनमा एसिया सहयोग २०३० को दृष्टिकोण र विकास साझेदारका विषयमा पनि छलफल भइ बैंकक घोषणापत्र जारी गरिने छ ।
एसियाको क्षेत्रीय सहयोग प्रवद्र्धन गर्ने उद्देश्यले सन् २००२ जुनमा एसीडी स्थापना भएको हो । नेपाल एसिडीको ३४औं सदस्य राष्ट्र हो ।
मन्त्री डा. महत यही असोज २५ गते स्वदेश फर्कनेछन् । रासस
प्रतिक्रिया दिनुहोस्